• T - +977-11-662275, 663719
  • E - nagariklaghubitta@gmail.com

३२ वर्षीया शारदा शर्माले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गर्छिन

 नेपालगन्ज | कोहलपुर १२ चप्परगौडीकी ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फर्ममा १५ मध्ये ६ दुहुना छन् । उनको फर्मबाट करिब ६० लिटर दूध उत्पादन हुन्छ । उनले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् ।

खर्च कटाएर महिनामा ४० देखि ६० हजारसम्म बचत हुने गरेको उनको भनाइ छ । फार्ममा ६ गाई ब्याउने छन् । स्नातकोत्तर गर्दै गरेकी शर्माले पुख्र्यौली व्यवसायलाई व्यावसायिक बनाएर बाँसगडीमा २ बिगाहा र कोहलपुरमा १० धुर जग्गा र घडेरी जोडिसकेको बताइन् । फार्मका लागि चाहिले घाँसका लागि उनले २ बिघा जग्गा भाडामा लिएकी छन् ।

‘घरको सबै खर्च र दुई भाइको पढाइ खर्च यही आम्दानीले धानेको छ । वार्षिक ६ लाखसम्म आम्दानी हुने उनले सुनाइन् । स्नातक तह उत्तीर्णपछि विभिन्न स्थानबाट जागिरका लागि बोलाइए पनि व्यावसायिक पशुपालनको रहर सानैदेखि भएकाले कतै गइनँ,’ अविवाहित शर्माले भनिन्, ‘दूधका लागि बजारको समस्या नभएकाले र घरका सबै जना फार्मकै काममा लाग्दा काम गर्न सजिलो भएको छ ।’ यहाँ उत्पादित दूध नजिकैको पसल र डेरीमा खपत हुन्छ । उनी नेतृत्वको फार्मलाई बाबु, आमा र दुई बुहारीले सघाइरहेका छन् । उनले जागिरभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको जनाइन् । ०६६ देखि व्यावसायिक पशुपालन गरिरहेकी उनले आफ्नो फार्मलाई वातावरणमैत्री बनाउँदै लगेको बताइन् । नेपाल चिल्ड्रेन एजुकेसन प्रोग्रामको अध्यक्षसमेत रहेकी शर्माले समाजसेवा र व्यावसायिक पशुपालनलाई सँगसँगै लगेकी छन् ।

त्यस्तै चिसापानी ९ की मीना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गंगा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहेका छन् । पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यवसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार, बिमाको व्यवस्थाले पशुपालनतर्फ आकर्षण बढेको हो । जिल्ला पशु सेवाका अनुसार पशुपालनमा महिलाले मासिक २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जानकी गाउँपालिका ३ इन्द्रपुरकी टिना थापाले यही पेसामार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएको बताइन् । उनले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाई फार्म सञ्चालन गरेकी छन । ‘आफ्नै व्यवसाय सञ्चालनले आत्मसन्तुष्टि र मनग्गे आम्दानी भएको छ,’ थापाले भनिन्, ‘पशुपालनका लागि नयाँ प्रविधिको विकास, कम परिश्रममा राम्रो आम्दानी र बजारको सुनिश्चितता भएपछि आकर्षण बढै गएको हो ।’ फार्ममा ५ उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजारसम्म आम्दानी हुने गरेको बताइन ।

जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बीउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बिमा, खोप सेवालगायतका सेवा दिइरहेको जनाएको छ । वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीले जिल्लाभर एक सयभन्दा बढी महिलाहरूले व्यावसायिक पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेको बताए । उनका अनुसार पशुपालन व्यावसायलाई वातावरणमैत्री बनाउन चालु आवमा १० वटा फार्मलाई एक/एक लाखका दरले अनुदान वितरण गरिएको छ । फार्मलाई डालेघाँसको प्लान्टेसनयुक्त बनाउन, वातावरणमैत्री गोठ निर्माण गर्न र तापक्रममैत्री बनाउन अनुदान वितरण गरिएको हो कान्तिपुरमा खबर छ  ।
 

व्यावसायिक पशुपालनमा महिला

जेष्ठ २७, २०७४- कोहलपुर १२ चप्परगौडीकी ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फार्ममा १५ गाईमध्ये ६ वटा दुहुना छन् । यस फर्मबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उनले २ बिघा जग्गा भाडामा लिएर घाँसखेती पनि गरेकी छन् ।

स्नातकोत्तर अध्ययनरत शर्माले यसै व्यवसायबाट जग्गा र घडरीसमेत जोड्न सकेको बताउँछिन् । ‘‘घरको सबै खर्च र दुई भाइको पढाइ खर्च गाईपालनकै आम्दानीले धानेको छ,’ अविवाहित रहेकी शर्माले भनिन्, ‘यसबाटै जग्गा र घडेरी पनि किनियो ।’ उनले जागिरभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको जनाइन् । 

त्यस्तै चिसापानी ९ की मिना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गंगा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहेका छन् । पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यावसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार हुनु, बिमाको व्यवस्थालगायतका कारण महिलाहरूको पशुपालनमा आकर्षण बढेको हो । जिल्ला पशु सेवा कार्यालयका अनुसार पशुपालनमार्फत महिलाले मासिक २० हजार रुपैयाँदेखि एक लाखसम्म आम्दानी गरिरहेका छन् । 

जानकी गाउँपालिका ३ इन्द्रपुरकी टिना थापाले पशुपालन व्यवसायमार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएको बताइन् । उनले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाईफर्म सञ्चालन गरेकी छिन् । ‘आफ्नै व्यावसाय सञ्चालन गर्दा आत्मसन्तुष्टि र मनग्गे आम्दानी भइरहेको छ,’ थापाले भनिन्, ‘पशुपालनका लागि नयाँ प्रविधिको विकास, कम परिश्रममा राम्रो आम्दानी र बजारको सुनिश्चिता भएपछि यसमा आकर्षण बढदै गएको छ ।’ फर्ममा ५ वटा उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजार रुपैयाँसम्म कमाउने गरेको बताइन् । 

जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बिउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बिमा, खोप सेवालगायतका सेवा दिइरहेको जनाएको छ । वरिष्ठ पशु चिकित्सक डा. वेदबहादुर केसीले जिल्लाभर एक सय बढी महिलाहरूले व्यावसायिक पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेको बताए । ‘व्यावसायिक पशुपालनमार्फत महिलाहरूले मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

महिलालाई पशुपालनले आत्मनिर्भर, व्यावसायिक र नमुना बनाउँदै लगेको छ,’ वरिष्ठ पशु चिकित्सक केसीले भने, ‘बजारको अभाव नभएको र अधिकांश क्षेत्रमा पशुपालन गर्न सकिने भएकाले महिला व्यावसायिक बन्दै गएका हुन् ।’ तापक्रम घटाउन सबै फर्मले १ सय ५० रूखहरू रोप्ने, उन्नत जातका १० देखि २० पशु पाल्ने, बिमा र कृत्रिम गर्भाधानको व्यवस्था गर्ने गरी पशुपालनमा बाँकेलाई नमुना बनाउन लागिएको उनले जनाए । 


 

गोलभेँडा खेतीबाट मासिक एक लाख २० हजार कमाइ

९ असार, ताप्लेजुङ । ‘सदरमुकाममा एउटा सटर लियो भाँडानै बीस हजार बढि, जुता, चप्पल र कपडा पसल गर्‍यो दिनभरमा दलाल गर्दा, गर्दा बल्ल तल्ल एक हजार नाफा, न भाडा पुग्ने नत खान र छोरा छोरी पढाउननै, अहिले गोल्भेडा खेती गरेँ । ६ जनालाई रोजगार पनि दिए आफूँलाई पनि राम्रो आम्दानी ।’ “गोलभेडा खेतीबाट फाइदै फाइदा” ताप्लेजुङ नगरपालीकाका व्यवसायी दिलकुमार मेन्याङ्बो (लिम्बु) आफ्ना अनुभव यसरी सुनाउँछन् ।

ताप्लेजुङमा गोलभेडाको माग बढेसँगै दिलकुमारको उत्पादनको खपत पनि बढेको छ भने मासिक एक लाख बीस हजारसम्म आम्दानी समेत गर्दै आएका छन् । पहिले सदरमुकाममा लाग्ने शनिबारे र मंगलबारे हाटलाई ढपक्क ढाक्ने भारतको गोलभेडालाई बिस्तारै बिस्थापन गर्दै अहिले दिलकुमारले उत्पादन गरेको गोलभेडाले बजार लिएको छ ।

जन्म घर थेचम्बुबाट पढाईको सिलसिलामा सदरमुकाम पसेका दिलकुमारले पहिले सदरमुकामस्थित तोक्मे डाँडामा कपडा तथा जुता चप्पल पसल पनि गरे । एक वर्ष अघि आगलागीले पसलनै खरानि बनाए पछि उनको चाहना मोडियो कृषि व्यवसाय तर्फ ।

आगलागीअघि पनि प्रत्येक शुक्रबार बजार बन्द भएको समयमा सामान्य तरकारी तथा बंगुर पालन गर्दै आएका उनले त्यस पछि भने गोलभेडा खेतीलाई व्यवसायीक रुपमानै अघि बढाए । सदरमुकाम नजिकै १५ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले ६ युवालाई रोजगार समेत दिएका छन् भने मनग्गे आम्दानि समेत गर्दै आएका छन् ।

खेतभर टेन्ट टाँगेर फलाएको गोलभेडा बजार लैजान नजिकै मेचि राजमार्ग भएकाले समस्या पनि छैन । बजारमा गोलभेडाको हारालुछ हुन्छ अझै माग अनुसार पुर्‍याउन सकिरहेको छैन अझै रोप्ने तयारीमा छु, दिलकुमार भन्छन् ।

सदरमुकाम मात्र नभई ताप्लेजुङको स-साना बजार खाम्दिने, हप्पुखोला, सुकेटार, दोभान, सिवा लगायतका स्थानमा पनि उनले उत्पादन गरेको गोलभेडाको राम्रो माग रहेको छ । सबै स्थानमा हिउँद, बर्खाको समय गोलभेडा उत्पादन नहुने हुँदा उनको उत्पादनको बजार कहिल्यै नघटेको दिलकुमारले सुनाए ।

व्यवसायिक रुपमा खेती सुरु गरेपछि जिल्ला कृषि विकास कार्यालयले पनि बिउ विजन तथा प्राविधिक सहायता गरिरहेको बताउने दिलकुमार खेति संबन्धि नयाँ नयाँ प्रविधि आफै युटुव र गुगलबाट खोजेर समेत सिक्ने गरेको बताउँछन् ।

tomato_kheti (2)पहिले गोलभेडाको बोटलाई लड्नबाट जोगाउन बाँसको भाटा प्रयोग गरेका उनले अहिले प्लाष्टिकको डोरी प्रयोग गरिरहेको देखिन्छ । थोरै लगानिमा प्लाष्टिकको डोरीलेनै काम गर्ने रहेछ बाँसलाई महँगो पनि पर्ने, भनेको समयमा पनि नपाईने युटुवमा गोलभेडा खेती सम्बन्धि खोज्दा विदेशमा यसै गरेको पाएँ र गरे पनि गरे यहि जे पनि हुने रहेछ आम्दानिबाट हौसिएका दिलकुमार भन्छन् ।

पहिले गाउँका सबै युवा बैदेसिक रोजगारीमा जाँदा आफुलाई पनि जाने मन हुन्थ्यो तर नगई यहि मन लगाएर काम गरे कृषि पेशाबाट राम्रो आम्दानि गर्न सकिने रहेछ दिलकुमारको अनुभव छ ।

गोलभेडा प्रमुख व्यवसाय भए पनि उनले भविश्यलाई हेदै अलैचिको पनि नर्सरी सुरु गरेका छन् । अहिले ताप्लेजुङमा गोलभेडा प्रतिकिलो ७० रुपैयाँमा विक्रि हुने गरेको छ । छोटो समयमानै राम्रो आम्दानि लिन सफल दिलकुमार कृषिर् पेशालाई व्यवसायिक बनाउन सरकाले पनि युवाहरुलाई ऋण सहायता र प्रेरणा दिनुपर्ने बताउँछन् ।

वार्षिक आठ लाख कमाउने गोबिन्द भन्छन्, ‘पसिना बगाएपछि मनग्गे आम्दानी हुन्छ’

काभ्रे – महादेवस्थान–९ का ४८ वर्षीय गोविन्दप्रसाद नेपाल मध्याह्नको चर्को घाममा खेतमा आलु खन्दै गरेको अवस्थामा भेटिए । उनको निधारबाट खलखल पसिना बगिरहेको थियो ।

‘पसिना बगाएमात्र मनग्य आम्दानी लिन सकिन्छ,’ उनले भने । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा खेतीपाती गर्दै आएका उनले कृषि विकास कार्यालयको आइपिएम पद्धति अपनाइरहेका छन् ।

रासायनिक मलको प्रयोग न्यून रुपमा गर्दासमेत उत्पादन पर्याप्त भइरहेको उनको भनाइ छ । एक रोपनी जग्गाबाट उन्नत जातको बीउको प्रयोग गर्दा ६८ बोरासम्म आलु उत्पादन हुने गरेको उनले बताए । खेतीपाती गर्न मलको आवश्यकता पर्ने भएकाले नेपालले छवटा पशुसमेत पाल्दै आएका छन् । सो मलको प्रयोगबाट माटोको उर्वराशक्ति बढेको उनको भनाइ छ ।

‘पशुपालन गर्दा खेतीबाट उत्पादित घाँस खेर जाँदैन, खेतीका लागि आवश्यक मल पनि सजिलै पाइन्छ,’ नेपालले भने । पशुपालनबाट दोहोरो रुपमा फाइदा हुने उनले बताए । रासायनिक मलको थोरै प्रयोग गर्दा माटो खुकुलो हुन्छ । कृषि विकास कार्यालयले कुन बाली कसरी लगाउने तालिम उपलब्ध गराउँदा आफूलाई खेती गर्न सजिलो भएको नेपालले बताए ।

विदेशमा गरेजति मेहनत नेपालमा नै गर्न सके मनग्य आम्दानी हुनुका साथै परिवारमा पनि खुसियाली छाउने उनको ठम्याँइ छ । आफूले खेती गर्दा कृषि विकास कार्यालयको सल्लाह बमोजिम गर्ने गरेको हुँदा उत्पादन राम्रो हुने गरेको उनी बताउँछन् ।

नेपालले ‘कुन्तीदेवी कृषि समूह’ मार्फत खेतीपाती गर्दै आएका छन् । उनले वार्षिक रुपमा दुई बाली धान, आलु र मकै खेती गर्दै आएका छन् । ‘खाडी मुलुकमा गएर आत्मसन्तुष्टि खोज्नुभन्दा नेपालमै काम गरेर हाँसीखुसीका साथ रहनसक्नु उत्तम हो,’ उनले भने ।

नेपालले खेतीपातीको आम्दानीबाट नै ६ जनाको परिवारको पालनपोषण गर्दै आएका छन् । खेतीपाती गर्न सिँचाइको राम्रो सुविधा भएकाले पनि आफूलाई सजिलो भएको उनी बताउँछन् । विसं २०५७ मा चण्डेनी–८ बाट बसाइँ सरेर आएका नेपाल उक्त क्षेत्रमा आएर जग्गा किनेर खेतीपाती गर्न थालेका हुन् ।

सुरुमा जिल्ला कृषि कार्यालयले दिने सेवा सुविधाका बारेमा आफूलाई जानकारी नहुँदा आफू पछि परेको उनले महसुस गरेका छन् । उनले एसआरआई विधिमार्फत खेती गर्दा धानको उत्पादन दोब्बर भएको र बीउ राख्दा पहिले राखेको भन्दा आधामात्र राखे पुग्ने गरेको बताए । धानको उन्नत बीउको प्रयोग गर्दा लाग्ने ज्यामी पनि कम लाग्ने गरेको बताए । साथै धानको पराल पनि राम्रो हुने गरेको उनको ठम्याँर्इ छ । उनले पहिले दुई बाली धान लगाएर आलु लगाएपछि मकै लगाउने गरेका छन् ।

गत वर्ष धान खेतीमा राम्रो गरेबापत् उनलाई जिल्ला कृषि विकास कार्यालयले सम्मान समेत गरेको थियो । उनले आलुलगायत काँक्रो, गोलभेँडा, घिरौँलालगायतका तरकारी समेत उत्पादन गर्दैै आएका छन । तरकारी खेती, धान र दूध बिक्री गरेर उनले वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन् । उनले १८ लाखको लागतमा गाउँमा आठकोठे घर बनाएका छन् । युवालाई कृषिमा सहभागी गराउन सकेमात्र देशको विकास सम्भव हुने नेपालको भनाइ छ ।

गाईपालन तथा अर्गानिक खेती गरेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ

विदेश जानु अघी नेपालमा पनि रोजगारीका धेरै सम्भावनाहरु छन् भन्ने तर्फ उनले खासै ध्यान दिएनन् । जव हतारमै मलेसिया गएर काम गर्न थाले अनि पनि पो सोच आएछ; साना-तिना कामका लागि नेपालीले विदेश धाउँनै पर्दैन, देशमै प्रशस्त सम्बावना छन् । लगतै नेपाल फर्किए अनि शुरु गरे गाईपालन व्यवसाय । उनी हुन् काभ्रे महादेवस्थानका कृषक गणेशप्रसाद नेपाल ।

कृषिमा युवाजमातको उपस्थीती कम भईरहेको अहिलेको अवस्थामा उनिहरुलाई जागरुक बनाउने तथा उपभोक्तालाई शुद्ध र श्वास्थकर दूध र दूधधजन्य पद्धार्थको सहज आपुर्ती गराउने र आफ्नो जिविका पनि चलाऊने उद्धेश्यका साथ उनले यस्को शुरुवात गरेको बताए । अहिले होलस्टिन र जर्सि जातका गाईहरु रहेको यस फार्ममा सामुहिक रुपमा लगानी गर्नेहरुको संख्या बढ्न थालेको बताउँछन् । ‘हामी दैनिक २ सय लिटर भन्दा वढि दूधको उत्पादन गर्छौं । यो बजारको माग अनुपातमा ज्यादै कम हो । प्रति लिटर ७५ रुपैंयामा विक्रि हुन्छ । दूधको उत्पादन वढाउनका लागि छिट्टै गाईको संख्या पनि वढाउने सोचमा छौं ।’

आफ्नै जिल्लामा पशुपालन गर्दाको अनुभव भएकाले यस कामका लागि खासै तालिम नलिएको उन्को भनाई छ । कामका अन्य विकल्प भए पनि नेपालमा कृषि पेशाबाटै आफ्नो र देशको समेत भविष्य सुनिश्चित गर्न सकिने सम्भावनाहरु धेरै भएकाले यस तर्फ लागेको बताउने उनी अहिले कसरी व्यवसाय व्यवस्थित गर्न सकिन्छ भन्नेमा सोचमग्न छन् ।

शुरुमा गणेशले कामका लागि धेरै तिर भौंतारिनु पर्‍यो । बल्ल गाउँ नजिकैको एक प्राईभेट अफिसमा एउटा जागिर पाएछन् । त्यसैमा दश वर्ष त जागिरै खाएरै बिताएछन् । जागिरबाट प्रगती हुने छाँट नदेखिएपछी लागेछन् मलेसिया । मलेसिया काम गरेको ३ वर्ष जति हुँदैगर्दा आफ्नै देशमा पनि काम गर्न सकिन्छ नि भन्ने लाग्न थालेछ । सोच्दै जाँदा गाई पाल्ने जुक्ती फुरेछ ।

त्यसपछि चैं लगत्तै नेपाल फर्केर यो व्यवसाय सुरु गरिहालेछन् । लगानीका लागि अहिले सरकारले सुरु गरेको युवा बेरोजगार कोष बाट केहि रकम सहयोग पाएछन् । यस भन्दा बाहेक उनको समुहका अन्य सदस्यले पनि संयुक्त रुपमा लगानी गरेका छन् । उनी नेपाली दाजुभाइलाई कामकै लागि विदेश नजान तथा आफ्नै ठाउँका सम्भावनाहरुलाई खोतल्न सल्लाह दिन्छन् । आफ्नो काम गराईको दायरालाई फराकिलो बनाउने सोचाईले गर्दा यहाँ उनको समुहले अहिले २१ रोपनी जग्गा भाडामा लिएको छ । गाईपालनका अतिरिक्त यहाँ माछापालन, च्याऊ खेती र अर्गानिक तरकारी खेतीको पनि सुरुवात भईसकेको समुहका सदस्य शिवराम नेपालले बताए । यहाँ अहिले मागुर र जुँगे जातका २५ हजार माछाको व्यवसायीक पालन पनि गरिएको छ । साथै सुद्ध र अर्गानिक दूधको उत्पादन हुँदै आएको यस फार्ममा गरिएको अर्गानिक तरकारी खेतीको सुरुवातले कामको क्षेत्र बढाउन सकिएको उनको भनाई छ । यसका लागि आफ्नै फार्ममा उत्पादित कम्पोस्ट मल धेरै नै उपयुक्त हुने शिवरामले बताए । व्यवसायको प्रारम्भिक अवस्था भएकाले अहिले यति नै लगानी र आम्दानी हुन्छ भन्न सकिने अवस्था नभए पनि यसले आफ्नो लगानी अनुसारको प्रतिफल आउनेमा उनिहरु ढुक्क देखिएका छन् । तैपनि अहिले सम्ममा करिव असिलाख रुपैयाँ जति खर्च भईसकेको र यसको तुलनामा आम्दानी पनि राम्रै रहेको बताईएको छ ।

कृषि प्रधान देश नेपालमा बहुसंख्यक कृषकहरु भएपनि उनिहरुको लगानीको भरपर्दो आधार नभएकाले यहाँको कृषि अवस्था सन्तोषजनक रुपले अगाडि वढ्न नसकेको गणेशको ठम्याइ छ । यसका लागि सरकारले पशुपालन र कृषिका अन्य क्षेत्रमा गरिएको कृषकहरुको लगानीको ग्यारेन्टी गर्नुपर्ने र आवश्यक मात्रामा विमा पनि गराउनु पर्ने उनको माग छ । यसो भएमा मात्र कृषि क्षेत्रको विकास हुने र रोजगारीको लागि सयौं नेपाली कडा श्रमका लागि विदेशिनु पर्दैन । सरकारले ध्यान पुर्‍याओस् भन्ने गणेश सुझाउँछन् ।

तरकारी खेति गरेर सुकुम्बासी बाट मालीक

तरकारी खेति गरेर सुकुम्बासी बाट मालीक

मोरङ,१६ फागुन। मोरङको महादेवा १ का यामलाल दासको परीवार सुकुम्बासी बाट मालीक भएको छन । व्यवसायीक तरकारी खेतीले मोरङको महादेवाका दासका परीवार सुकुम्बासीबाट मालिक बनेका हुन । रोजगारीकालागी बैदेश धाउनेहरुकालागी दास परीवार गहकीलो उदाहरण बन्नुभएको छ । इच्छा शक्ति भए स्वदेश मै सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा दासपरीवार ज्वलन्त उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।

 

 

यमलाल दासको परिवार आज भन्दा करिब १० वर्ष अघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएको थियो । परीवार पाल्न दास आज भन्दा सात वर्ष अघिसम्म रोजगारीका लागि भारतको पञ्जाबमा मजदुरी गर्नु हुन्थ्यो । अर्काको देशमा मजदुरी गर्दापनि उहाँको परिवारलाइ कसरी छाक टार्ने भन्ने समस्याले छोड्दैन थ्यो । करिब ६ वर्ष अघि शुरुगरेको व्यवसायीक तरकारी खेतीले दास परिवारलाई मालीक मात्र होईन जिल्लामा सबै सामु चिनायो ।

दास परीवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषककारुपमा पहिचान बनाउन सफल हुनुभएको छ । दासले आँट गरेर ६ वर्ष अघि झापा र मोरङको सिमानामा रहेको रतुवा खोलाको बगरमा तरकारी खेति सुरु गर्नुभयो । खेति सुरु गरेको पहिलो वर्ष उहाँले २ लाख रुपैयाँ नाफा कमाउनु भयो । छ कठ्ठा जतीमा उहाँले व्यवसायिक तरकारी खेति सुरु गर्नुभयो । उहाँले भन्नुभयो,‘शुरु देखि अहिलेसम्म मैले घाटा बेहोरेको छैन ,।

उहाँले पाँच विगाहा क्षेत्रमा विस्तार भएको छ । मेहेनत गर्याे भने तरकारी खेतिबाटै मनग्गे आम्दानि गर्न सकिने उहाँको दाबी छ । तरकारी खेतिबाट नै अहिले वार्षिक पाँच लाख आम्दानी गर्न सकिने उहाँको तर्क छ । तरकारी खेतिमा उहाँको परिवारको उत्तीकै साथ छ । यामलाल दासका बुबा प्रेमलाल दास पाँच वर्ष अघि गाइगोरुको बेचबिखन गर्नु हुन्थ्यो । नेपाल र भारतमा गाइगोरु बिक्री गर्ने प्रेमलाल त्यहिकारणले गर्दा चार पटकसम्म प्रहरीको फन्दामा परेको सुनाउँछन् ।

परिवारको अबस्था एकदमै कमजोर, गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेति सुरु गरेका उहाँ अहिले तरकारी खेतिकै कारण समाजमा आफ्नो ठुलो इज्जत बढेको बताउनु हुन्छ । उहाँले भन्नुभयो,‘ तरकारी खेतीले मलाई नमुना कृषकको रुपमा परिचीत गरायो,। तरकारी खेतीको आम्दानीबाट दुइ विगाहा खेति र १० कठ्ठा घडेरी जोड्नु भएको छ । दास परिवारले सो खेतमा धान, गहु, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसम अनुसारका सबै तरकारी लागाउने गर्नु हुन्छ ।

जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो,‘ दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ,। जिल्ला कृषि विकास कार्यालयले दास परिवारलाई युवास्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिचाँइ कार्याक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेति तालिम दिएपसिछ उहाँ थप हौसिनुभएको छ ।